शेयर बजारमा दोहोरो अंकको बृद्धि



काठमाडौं । सोमबार र मंगलबार दोहोरो अङ्कले घटेको शेयर बजार बुधवार बढेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार ११ दशमलव ३२ विन्दुले बढेर एक हजार आठ सय ६६ दशमलव ४८ विन्दुमा पुगेको छ । आज व्यापार र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । दुई सय २२ वटा कम्पनीको २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज अभियान लघुवित्तको शेयर १० प्रतिशत तथा प्रोग्रेसिभ फाइनान्स र माहुली लघुवित्तको शेयर साढे पाँच प्रतिशतले बढेको छ । एभरेस्ट बैंकको प्रमोटर शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

बागलुङ । जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला

असार १६ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा सफारी बन्द हुने

चितवन । वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि सफारी बन्द हुने

ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट चार सय केभीबाट विद्युत् प्रसारण सुरु

काठमाडौँ । विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापार

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

  लुम्बिनी । लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको