हेली एभरेष्टले थप्यो अर्को हेलिकोप्टर



काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा आएसँगै आन्तरिक र बाह्य पर्यटकको मागअनुसार हेली एभरेष्ट कम्पनीले एक हेलिकोप्टर थप गरेको छ ।

सिलिङ, साइट सिइङ, रेस्क्यु, फिल्मिङ, माउन्टेन फ्लाइटलगायत सेवा थप विस्तारका लागि एक हेलिकोप्टर खरिद गरिएको हेली एभरेष्ट कम्पनीका बजार प्रमुख सीताराम सापकोटाले जानकारी दिए ।

उनकाअनुसार अहिले खरिद गरिएको हेलिकोप्टरसँगै अब कम्पनीसँग हेलिकोप्टर सङ्ख्या तीन पुगेको छ । आन्तरिक र बाह्य पर्यटकको मागअनुसार हेली एभरेष्ट कम्पनीले सिम्रिक एयरको एउटा एयरबसको बी–थ्रीइ सिरिज हेलिकोप्टर खरिद गरेको बताइएको छ ।

कोरोना सङ्क्रमण सहज भएसँगै स्वदेशी तथा विदेशी पर्यटकको धार्मिक तथा पर्यटकीय गन्तव्यमा आउजाउ गर्ने क्रम वृद्धि भएको र हेलिकोप्टरको माग बढेकाले कम्पनीले हेलिकोप्टर सङ्ख्या थप गरेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

गलेश्वर । खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती

सुनको मूल्य तोलाको एक लाख नाघ्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा

माया खोला हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका

प्रदेश एकमा वित्तीय पहुँच विस्तार आवश्यक : राष्ट्र बैंक

काठमाडौं ।  नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकलन र संसारकै सबैभन्दा सर्वोच्च स्थान