नेप्सेमा दोहोरो अंकको बृद्धि



काठमाडौं । शेयर बजार नेप्से बिहीबार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार १६ दशमलव २९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ७६ विन्दुमा पुगेको छ ।

आज जीवन बीमाबाहेक सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । कारोबार रकम हिजोको तुलनामा सामान्य बढेको छ ।

बुधबार ४८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २३ वटा कम्पनीका १७ लाख ९१ हजार कित्ता शेयर ६३ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छन् ।

सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कर्पोरेशनको प्रमोटर शेयर चार करोड ४८ लाख रुपैयाँमा किनबेच भयो । आज अभियान लघुवित्तको शेयर १० प्रतिशत तथा गुराँस लघुवित्त, समिट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र एनआईबीएल ब्यालेन्स फन्डको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । साम्लिङ पावर कम्पनीको शेयर भने झन्डै आठ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीमा मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै

गलेश्वर । म्याग्दीका जंगलमा विगत तीन वर्ष यता अत्यधिक डढेलो लागेका कारण पुष्परसमा

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण