नेप्सेमा ६ अंकको बृद्धि



काठमाडौं । शेयर बजार बुधबार पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार ६ दशमलव ४१ अङ्कले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा पुगेको छ ।

आज व्यापार, फाइनान्स, अन्य र म्युचल फन्डबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकम भने निकै घटेको छ । १३ लाख ७० हजार कित्ता शेयर ४८ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सको प्रमोटर शेयर चार करोड ७५ लाख रुपैयाँमा किनबेच भयो । आज मन्दाकिनी हाइड्रोको शेयर नौ प्रतिशत तथा अभियान लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर १० प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने