वीरगञ्ज भन्सार कार्यालय लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न असफल



वीरगंज । नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने पर्साको वीरगञ्जस्थित भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७९/०८० को सुरुदेखि नै लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको छैन ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन महिनाका लागि दिइएको लक्ष्यको ८५ प्रतिशत र भदौ महिनाका लागि दिइएको लक्ष्यको ७३ प्रतिशत मात्र राजश्व सङ्कलन भएको छ । नेपालीको महान चाड दसैँ पर्व नजिकिँदै जाँदा अघिल्ला वर्षको तुलनामा पर्साको वीरगञ्ज नाका भएर नेपाल भित्रिने सामग्रीमा यस वर्ष निकै कमी आएको छ ।

चालु आवको पहिलो दुई महिनामा दसैँलगायतका अन्य चाड पर्व लक्षित विभिन्न खाद्यान्न तथा लत्ता कपडाजन्य सामग्रीको आयातमा कमी आएको हो ।

सरकारले पछिल्लो पटक आयातमा रोक लगाएका विभिन्न सामानबाहेक अन्य खाद्यान्न तथा लत्ताकपडाजन्य सामग्रीहरु आयात भए पनि अघिल्लो वर्षका समीक्षा अवधिको तुलनामा निकै काम मात्रामा भित्रिएका हुन् ।

गत असार ३१ गते नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चारपाङ्ग्रे सवारी साधनलगायतका विभिन्न विलासीजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । चालु आर्थिक वर्षको साउन महिनाका लागि भन्सार विभागले १५ अर्ब २० करोड सात लाख राजश्व सङ्कलन गर्न लक्ष्य दिएको थियो ।

तर कार्यालयले लक्ष्यभन्दा दुई अर्ब २१ करोड आठ लाख कम अर्थात १२ अर्ब ९८ करोड ९९ लाख मात्र राजश्व सङ्कलन गरेको थियो । त्यसैगरी भदौ महिनाका लागि १९ अर्ब २९ करोड ४५ लाख राजश्व सङ्कलनको लक्ष्य पाएको कार्यालयले पाँच अर्ब १५ करोड २० लाख कम अर्थात १४ अर्ब १४ करोड २५ लाख मात्र राजश्व सङ्कलन गरेको छ ।

वैदेशिक मुद्राको सञ्चितीकरणलाई मध्यनजर गर्दै सरकारले विभिन्न वस्तुको आयातमा लगाएको रोकका कारण कार्यालयको राजश्व सङ्कलनमा प्रभावित भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सबैभन्दा बढी राजश्व सङ्कलन हुने ठूला तथा साना सवारी साधन, मोइबाइल फोनलगायतका विलासीसहित विभिन्न १० वस्तुको आयातमा सरकारले लगाएको प्रतिबन्धकोे प्रत्यक्ष प्रभाव राजश्व सङ्कलनमा देखिएको हो ।

गत आर्थिक वर्ष ०७८/०७९ को भदौ मसान्तसम्ममा राजश्व सङ्कलनको कारोवारका लागि १६ हजार चार सय ३७ वटा प्रज्ञापनपत्र प्रयोग भएकामा चालु आवको सोही अवधिसम्ममा चार हजार पाँच सय ८९ प्रज्ञापनपत्र मात्र प्रयोग भएको कार्यालयले जनाएको छ ।

चारपाङ्ग्रे सवारी साधनलगायतका विभिन्न विलासीजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाइएपछि वीरगञ्ज नाका प्रयोग गरी हुने कारोवारमा अन्य समयको तुलनामा करिब २८ प्रतिशतले कमी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

मान्म । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका-३ फोइमहादेव गाउँमा रहेको छ