नेप्सेमा ५७ अंकको गिरावट



काठमाडौं । लगातार दुई दिन बढेको शेयर बजार बिहीबार भने उच्च अङ्कले घटेको छ । बिहीबार शेयर बजार परिसूचक नेप्से ५७ अङ्कले घटेर एक हजार नौ सय २४ दशमलव ४८ विन्दुमा झरेको छ ।

बिहीबार सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन, विकास बैंक, जलविद्युत्, फाइनान्स, होटल तथा पर्यटन र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्से परिसूचक उच्च अङ्कले घटेको दिन दुई सय ३२ वटा कम्पनीको ६९ लाख ४० हजार कित्ता शेयर दुई अर्ब १२ करोड ५६ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै लक्ष्मी विकास बैंकको २१ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो । आज एनआईसी एसिया फ्लेक्जी क्याप फन्डको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिटिजन्स म्युचल फन्ड २ को शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन

काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन्

विमानस्थललाई हेरेर लगानी गरेका पोखराका पर्यटन व्यवसायी निराश

गण्डकी । उद्घाटन भएको डेढ वर्ष बितिसक्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान हुन

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ