२१ अंकले बढ्यो शेयर बजार



काठमाडौं । लगातार ६ दिनसम्म घटेको शेयर बजार मङ्गलबार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार २१ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ३४ दशमलव शून्य चार विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । बजार बढे पनि कारोबार रकममा भने धेरै सुधार आएको छैन । दुई सय ३१ वटा कम्पनीको ३१ लाख ४६ हजार कित्ता शेयर ९२ करोड २५ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नबिल बैँकको पाँच करोड ९४ लाख र रिडी हाइड्रोको पाँच करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो । आज बोटलर्स नेपालको शेयर १० प्रतिशत तथा मैलुङखोला जलविद्युतको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि नबिल बैंक डिबेन्चरको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन

काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन्

विमानस्थललाई हेरेर लगानी गरेका पोखराका पर्यटन व्यवसायी निराश

गण्डकी । उद्घाटन भएको डेढ वर्ष बितिसक्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान हुन

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ