नेप्सेमा निरन्तर गिरावट



काठमाडौं । शेयर बजार नेप्सेमा निरन्तर गिरावट आएको छ । आइतबार ११ अंकले घटेको नेप्से परिसूचक सोमबार १३ अंकले घटेको हो । पछिल्लो समय निरन्तर घटिरहेको नेप्सेमा कारोबार रकममा समेत संकुचन आउन थालेको छ । आइतबार ११ अंकले घट्दा जम्मा ७४ करोड रुपैयाँको कारोबार भएको नेप्सेमा सोमबार ८३ करोड रुपैयाँको कारोबार भएको छ ।

यसक्रममा २६ लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ । यसबाहेक १२ वटा समूह राताम्मे बनेका छन् । जीवन बीमा समूहमा ५२ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा ४६ अंकको गिरावट आएको छ । यस्तै, जलविद्युत र लघुवित्त समूहमा समान ३१÷३१ अंकको गिरावट आएको छ ।

अन्य समूहमा २३ अंकको गिरावट आउँदा वित्त समूह १६ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूहमा १४, उत्पादनमूलक समूहमा १३ र होटल तथा टुरिजम समूहमा ६ अंकको गिरावट आएको छ । सोमबार युनाइटेड आईडीआई आरबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ ।

यस कम्पनीको सेयर मूल्यमा ४.१७ प्रतिशतको सुधार आउँदै प्रतिकित्ता ५५० रुपैयाँ पुगेको छ । यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ५.८७ प्रतिशतको गिरावट आउँदै प्रतिकित्ता १३ सय ८० रुपैयाँ कायम भएको छ । सेयर बजार घटेपनि आज नबिल बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

आज यस कम्पनीको ४ करोड ७ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस्तै, सनराइज फस्ट म्युचुअल फण्डको ३ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उखु र दुध किसानको भुक्तानीका लागि दुई अर्ब निकासा

  काठमाडौँ । सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि

कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा

भोजपुर। भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन

सरकारले पर्यटन क्षेत्रलाई सहज बनाउँदै लैजान्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहकारी विकासमन्त्री  प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन