पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रजापति विजयी



पोखरा । पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य सङ्घको ३४औँ महाधिवेशनबाट अध्यक्ष पदमा पवनकुमार प्रजापति विजयी भएका छन् ।

यही भदौ २४ र २५ गते सम्पन्न भएको महाधिवेशनअन्तर्गत भएको मतदानको आइतबार साँझ घोषणा गरिएको अन्तिम मतपरिणामअनुुसार उनले एक हजार छ सय १३ मत प्राप्त गरे । नवनिर्वाचित प्रजापति सङ्घको वरिष्ठ उपाध्यक्ष थिए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योगतर्फको उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य र महासचिवमा बलराम आचार्य विजयी भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला, उपमहासचिवमा शोभा गौतम र सदस्यमा प्रभा सुवेदी, बालकृष्ण कोइराला, सुदीप प्रधानाङ्ग, दिलीपकुमार श्रेष्ठ, भरत केसी, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ र सुदीप ओझा विजयी हुनुभएको छ । वस्तुगत सदस्यतर्फ जीवनप्रकाश श्रेष्ठ, प्रेमप्रसाद सुवेदी, लेखनाथ सुवेदी र लीलाधर चापागाईँ विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उखु र दुध किसानको भुक्तानीका लागि दुई अर्ब निकासा

  काठमाडौँ । सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि

कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा

भोजपुर। भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन

सरकारले पर्यटन क्षेत्रलाई सहज बनाउँदै लैजान्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहकारी विकासमन्त्री  प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन