शेयर बजार राताम्मे



काठमाडौं । शेयर बजार आइतबार पनि ओरालो लागेको छ । आइतबार शेयर बजार परिसूचक नेप्से ११ दशमलव ४७ अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव २८ विन्दुमा झरेको छ । अन्यबाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्से दिनदिनै घट्न थालेपछि कारोबार रकममा पनि निकै कमी आउन थालेको छ । आइतबार दुई सय २१ वटा कम्पनीको २५ लाख २४ हजार कित्ता शेयर ७४ करोड ७२ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको तीन करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सानिमा म्युचल फन्ड र छ्याङ्दी हाइड्रोको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । आज मैलुङखोला जलविद्युत् कम्पनीको शेयर भने साढे चार प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

  काठमाडौँ  । सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक

गण्डकीमा चैते धान खेती गर्ने कृषकलाई अनुदान

गण्डकी। चैते धान खेतीमा कृषकको आकर्षण बढाउने उद्देश्यले पोखरा महानगरपालिकाले  आठ लाख अनुदान

शेयर बजार ५४ अंकले बढ्दा १२ अर्ब भन्दाबढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ ।

‘डेडिकेटेड’ र ‘ट्रकलाईन’को  महसुल बक्यौता विवाद कानुनअनुसार सुल्झाइन्छः अर्थमन्त्री पौडेल

काठमाडौँ ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको