शेयर बजार राताम्मे



काठमाडौं । शेयर बजार आइतबार पनि ओरालो लागेको छ । आइतबार शेयर बजार परिसूचक नेप्से ११ दशमलव ४७ अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव २८ विन्दुमा झरेको छ । अन्यबाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्से दिनदिनै घट्न थालेपछि कारोबार रकममा पनि निकै कमी आउन थालेको छ । आइतबार दुई सय २१ वटा कम्पनीको २५ लाख २४ हजार कित्ता शेयर ७४ करोड ७२ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको तीन करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सानिमा म्युचल फन्ड र छ्याङ्दी हाइड्रोको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । आज मैलुङखोला जलविद्युत् कम्पनीको शेयर भने साढे चार प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

बागलुङ । जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला

असार १६ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा सफारी बन्द हुने

चितवन । वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि सफारी बन्द हुने

ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट चार सय केभीबाट विद्युत् प्रसारण सुरु

काठमाडौँ । विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापार

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

  लुम्बिनी । लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको