आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ मेला सुरु



काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा बिहीबारदेखि आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ मेला २०२२ सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा आजदेखि यही भदौ २७ गतेसम्म चल्ने एक्स्पोको बिहीबार बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका छन् ।

मेलामा भारत, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुकका फर्निचर उत्पादक कम्पनीको सहभागिता छ । जेन्सा कार्पेट, हलेसी डेकोर र भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले प्रदर्शनीको प्रायोजन गरेका छन् ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायतका सामग्री मेलामा रहेको सङ्घका अध्यक्ष शुभेन्द्र जोशीले जानकारी दिए । नेपालमा ६० अर्ब बराबरको फर्निचरजन्य सामग्रीको वार्षिक कारोबार हुने गरेकामा त्यसको झण्डै ५० प्रतिशत हिस्सा आयातित फर्निचर रहेको बताइन्छ ।

प्रदर्शनीको व्यवस्थापन इभेन्ट सोलुशन प्रालिले गरेको छ । प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासङ्घ, आइडिया नेपाल र स्पेस म्यागेजिनको विभिन्न सहयोग रहेको छ ।

बदलिँदो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । पाँच दिनसम्म चल्ने एक्स्पोमा एक लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । सङ्घले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा बर्सेनि फर्निचर तथा फनिर्सिङ सामग्रीको मेला आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उखु र दुध किसानको भुक्तानीका लागि दुई अर्ब निकासा

  काठमाडौँ । सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि

कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा

भोजपुर। भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन

सरकारले पर्यटन क्षेत्रलाई सहज बनाउँदै लैजान्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहकारी विकासमन्त्री  प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन