दोहोरो अंकले घट्यो नेप्से


काठमाडौं । शेयर बजार शुक्रबार पनि घटेको छ । बिहीबार १८ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से शुक्रबार १६ दशमलव ९३ अङ्कले घटेर दुई हजार २२ दशमलव ६२ अङ्कमा झरेको छ । शुक्रबार जीवन बीमा समूहको शेयर २९ अङ्कले बढे पनि अरू सबै समूहको शेयर घटेको छ ।

दुई सय १३ वटा कम्पनीको ३५ लाख ८८ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ६ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

नेप्से घटेको दिन पञ्चकन्या माई हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि लाइफ इन्सुरेन्स कर्पाेरेशनको शेयर भने झन्डै ६ प्रतिशतले बढेको छ ।