नेपाल टेलिकमले ल्यायो ‘इन्डिया भ्वाइस प्याक’ सेवा



काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरूको सजिलोका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक सेवा उपलब्ध गराएको छ ।

बिहीबारदेखि लागू भएको सो प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अवसर छनोट गरी सदुपयोग गर्न सकिने टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिए ।

इन्डिया भ्वाइस प्याक दैनिक सुविधा अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ मा उपलब्ध छ । त्यसैगरी साप्ताहिकअन्तर्गत ७५ मिनेट र मासिकमा दुई सय २१ मिनेट कुराकानी गर्न सकिने प्याक क्रमशः दुई सय ५९ मा र सात सय ५९ रुपैयाँमा उपलब्ध छन् ।

एक्सेस कोड ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिने टेलिकमको भनाइ छ । प्याकेज गरिद गर्न ‘स्टार १४१५ ह्यास’ डायल गरी सात नम्बर छनोटपश्चात खरिद प्रक्रिया अघि बढाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत