२४ जिल्लामा सतप्रतिशत धान रोपाइँ



काठमाडौँ । यसवर्ष समयमा पानी परेकाले वर्षे धान रोपाइँ उत्साहजनक रुपमा सकिएको छ । नेपालमा हिमाल पारीका दुइजिल्ला मनाङ र मुस्ताङ बाहेक ७५ जिल्लामा रोपाइँ सकिएको छ । चौबिस जिल्लामा सतप्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ । नेपालमा वर्षे धान साउन महिनाभर रोपिन्छ ।

यसवर्ष कर्णाली प्रदेशमा ९९ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष त्यहाँ ९८ प्रतिशत रोपाइँ भएको थियो । कर्णाली प्रदेशमा १० जिल्ला छन् । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्ला, रुकुम पश्चिम र जाजरकोटमा सत्प्रतिशत रोपाइँ भएको छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो ।

त्यहाँ यस वर्ष ८४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भए पनि ८७ हजार ५०० हेक्टर जमिनमा धान खेती गर्नसकिन्छ । संसारको सवैभन्दा उच्चस्थानमा धानखेती हुने जुम्ला जिल्लाको छुमचौर हो । सबैभन्दा धेरै धान उत्पादन हुने झापा जिल्लालाई सरकारले धान उत्पादनको सुपार जोन घोषणा गरेको छ ।

कर्णाली प्रदेशमा ९९ प्रतिशत रोपाइँ हुँदा ३८ हजार तीनसय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । कूल ३८ हजार ८८६ हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिने कर्णालीलाई सुख्खा प्रदेश भनिन्छ तर यसवर्ष समयमा वर्षा भएकाले कर्णाली भोकमरीको चपेटामा नपर्ने संकेत देखिन्छ । नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व छ । धानको उत्पादन बृद्धि हुदा अर्थतन्त्र बलियो हुन्छ भने उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ । उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । कृषि क्षेत्रको उत्पादनमा धानको योगदान १२ प्रतिशत छ ।

यसवर्ष प्रदेश नं. १ को सोलुखुम्बु, ओखलढुङ्गा, वाग्मती प्रदेशको धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, र चितवन, गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा, वाग्लुङ, नवलपुर, लुम्बिनी प्रदेशको बर्दिया, र सुदूरपश्चिम क्षेत्रको दार्चुला, बझाङ, बाजुरा र कञ्चनपुरमा सतप्रतिशत रोपाइँ भएको छ ।

“यसवर्ष हामी खुसी छौँ ।” भक्तपुरका अगुवा किसान रामकृष्ण ढकालले भने । जेठ १५ देखि नै मनसुन सक्रिय भइ समयमा रोपाइँ भएकाले यसवर्ष धेरै किसान खुसी देखिएका छन् । मौसमले साथ दिएपनि अझैसम्म केही किसानले रासायनिक मल भने पाउन सकेका छैनन् ।

गतवर्षको यसै अवधिमा ९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । गत वर्ष १३ लाख ४२ हजार ८१९ हेक्टर जमिनमा धान रोपाई भएको थियो तर यसवर्ष सोही अवधिमा १४ लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षभन्दा यसवर्ष ७४ हजार ३१२ हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

नेपालमा झन्डै १६ लाख हेक्टर जमिनमा धान खेती गरिन्छ । यसवर्ष कर्णाली प्रदेश र सुदूर पश्चिममा ९९ प्रतिशत, लुम्बिनीमा ९०, वाग्मतीमा ९७, मधेश प्रदेशमा ९३ र प्रदेश १ मा पनि ९३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । नेपालको प्रमुख खाद्यन्न बाली धान हो । नेपालमा चैते धान, वर्षे धान र घैया धानको रोपाइँ हुदै आएको छ ।

आर्थिक वर्ष २०६०।०६१ देखि २०७८/०७९ सम्म को तथ्याङ्कलाई केलाउदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मुख्य मौसममा निर्भर देखिन्छ । जुन वर्ष मौसम अनुकुल हुन्छ त्यो वर्ष धानको उत्पादन बढेको देखिन्छ भने मौसम अनुकुल नभएका बखत धानको उत्पादन घटेको पाइन्छ ।

संसारका आधा जनसंख्याको मुख्य खाना चामल हो । एशियाली देशमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत हुन्छ । संसारमा सबैभन्दा धेरै धान फल्ने देश चीन हो । विश्वका ७८ भन्दा बढी देशमा आठ सय ६४ थरीका धानका बीऊ सिफारिस भएका छन् । नेपालमा ८६ उन्नत र सात रैथाने जातको बीऊबाट उत्पादन गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटका सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो, तर मैले त्यसो गर्नु उपयुक्त ठानिनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको