नेप्सेमा लगातार गिरावट



काठमाडौं । बिहीबार पनि शेयर बजार नेप्से घटेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार १९ दशमलव शून्य ६ अङ्कले घटेर दुई हजार ३७ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २३ वटा कम्पनीको ६२ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ७६ करोड १० लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको सात करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो । आज युनिलिभर नेपालको शेयर आठ प्रतिशतभन्दा धेरै र बुद्धभूमि नेपाल हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे हुँदा पनि हिमालयन हाइड्रोपावर र अपर हेवा खोला जलविद्युतको शेयर १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरीको जागिर छाडेर गाईपालन, दैनिक १५० लिटर दूध बिक्री

दाङ । तुलसीपुर उपमहानगरपालिका –६ गोलौराका ४७ वर्षीय चन्द्रबहादुर डाँगी सफल गाईपालक किसानका

एमसीसीको चार सय केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डियालाई

काठमाडौँ । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभी नयाँ

बजेटमा सुधारात्मक र रुपान्तरणकारी योजना तथा कार्यक्रम ल्याइने

  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर नीति ल्याउनेभन्दा

पारदर्शीता र सुशासन एक अर्काका पुरक : राष्ट्रपति

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताएका