पहिलो पब्लिक ट्राभल्स एजेन्सी सञ्चालनमा



काठमाडौं । नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्राउने र नेपालीलाई विदेश भ्रमणको प्रबन्धन गर्ने लक्ष्यका साथ गुरु ट्राभल्स लिमिटेड स्थापना गरिएको छ । पहिलो पब्लिक लिमिटेड ट्राभल्स कम्पनी दाबी गरिएको ट्राभल्सले नेपालको पर्यटनलाई अझै सबल बनाउँदै पर्यटनको लाभ आम नेपालीसम्म पुर्याउने लक्ष्य लिएको छ ।

काठमाडौँको दरबारमा कार्यालय रहेको उक्त ट्राभल्सको शुक्रबार एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् । बढीभन्दा बढी पर्यटक नेपाल भित्राउने र नेपालीहरुका लागि बाह्य भ्रमण प्रबन्धन गर्ने लक्ष्यका साथ ट्राभल स्थापना गरिएको कम्पनीका अध्यक्ष विज्ञानराज शर्माले बताए ।

नेपालको पर्यटनमा ‘वान विन्डो सर्भिस’ उपलब्ध गराउने उद्देश्यका साथ स्थापित ट्राभल्समा ६० भन्दा बढी उद्यमी व्यवसायीको प्राथमिक लगानी रहेको छ । आगामी तीन वर्षभित्र सर्वसाधरणका लागि आइपियोमार्फत शेयर खुल्ला गरिने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी  १० करोड रहेको छ ।

सर्वसाधरण नेपालीका लागि पर्यटनमा पहुँच पुर्याई दीर्घकालीन रुपमा सबै नेपाली भूभागको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य ट्राभलको रहेको छ । सुरुवाती चरणमा कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, होटल बुकिङदेखि ट्राभल र टुर प्याकेज बिक्रीको कार्य गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।

भविष्यमा नेपाल भित्रने चेन होटल, यातायात प्रणाली तथा विदेशी हवाई कम्पनीको जनरल सेल्स एजेन्ट बन्ने लक्ष्य रहेको छ । सर्वोच्च शिखर सगरमाथा एवम् लुम्बिनीलाई विश्वभर प्रवद्र्धन गरी नयाँनयाँ गन्तव्यहरु विकसित गर्दै जाने कम्पनीको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय

नेप्से परिसूचकको ओरालो यात्रा जारी, दुई अर्ब नौ करोडको कारोबार

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि ओरालो

नौ महिनामा तातोपानी भन्सारमा आठ अर्ब ५६ करोड राजश्व संकलन

  चौतारा । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी