बीमक कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग



काठमाडौं । बीमक कम्पनी गाभ्नुअघि त्यहाँ कार्यरत कर्मचारीको उचितरूपमा व्यवस्थापन गर्न नेपाल वित्तीय सङ्घ राष्ट्रिय समितिले माग गरेको छ ।

सङ्घका अध्यक्ष पद्मराज रेग्मी र महासचिव हरिराज खरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा संस्थाका कर्मचारी विनियमअनुसार नियमितरूपमा हुनुपर्ने कामकारबाहीलाई मर्जरको बहानामा अवरुद्ध नगर्न माग माग गरेका हुन् ।

रिक्त दरबन्दीको पदपूर्ति प्रक्रियालाई नियमितता दिन पनि सङ्घले बीमा समितिसँग माग गरेको छ । सङ्घले समितिका अध्यक्षलाई पनि आजै ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ ।

श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेका कर्मचारीको नियमितरूपमा हुनुपर्ने वृत्ति विकास र सामूहिक सौदाबाजीलाई मर्जरका रूपमा ठप्प नपार्न पनि ध्यानाकर्षण गराएको छ । बीमा कम्पनीको मर्जर तथा प्राप्तिको समयावधिलाई निश्चित गर्न पनि सङ्घले जोडदार माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थसचिवमा कृष्णहरि पुष्कर, दंगाललाई राजस्व सचिवको जिम्मेवारी

काठमाडौं । सरकारले कृष्णहरि पुष्करलाई अर्थसचिव बनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई

प्रसारण पूर्वाधारमा प्राधिकरणको प्रगति

काठमाडौं । विद्युत् वितरण तथा प्रसारणका लागि महत्वपूर्ण मानिएको प्रसारण लाइन निर्माणमा नेपाल

नेप्सेमा लगातार गिरावट

काठमाडौं । बिहीबार पनि शेयर बजार नेप्से घटेको छ । शेयर बजार परिसूचक

पेट्रोलियम ढुवानी व्यवसायीले गरे फेरि आन्दोलन घोषणा

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले पुनः आन्दोलनको घोषणा गरेका छन् । ढुवानीकर्ताको