ऊर्जामन्त्री र भारतीय राजदूतबीच ऊर्जा व्यापारबारे छलफल



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरूबीच ऊर्जा व्यापार एवं बाढी नियन्त्रणका विषयमा छलफल भएको छ । भेटमा मन्त्री भुसालले भारी वर्षासँगै सप्तकोसीमा आएको बाढीका कारण एक हजार घर विस्थापित भएको बताउँदै दुवैतर्फको संयन्त्रले सक्रियतापूर्वक समस्याको समाधान गर्नुपर्नेमा जोड दिइन् ।

उनले नेपाल–भारतबीचमा भइरहेको ऊर्जा व्यापारलाई थप विस्तार गर्दै लैजानका लागि आपसी सहकार्य सक्रिय बनाउनुपर्ने बताइन् । नेपाल र भारतबीच सम्झौता भएका आयोजनाको कार्यान्वयनलाई प्रभावकारी तुल्याउनका लागि दुवै पक्षले पहल गरेर नतिजा दिन ढिला गर्न नहुने उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा आयोजना निर्माणका लागि द्विपक्षीय तयारीलाई तीव्रता दिनुपर्नेमा जोड दिइन् ।

नेपालका लागि भारतका राजदूत श्रीवास्तवले आफूले भारतका जलविद्युत तथा सिँचाइसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रसँग निरन्तर छलफल गरिरहेको जानकारी गराउँदै आगामी दिनमा दुई देशबीच सहमति भएका आयोजनाको कार्यान्वयनलाई प्रभावकारी तवरले अगाडि बढाउन पहल गर्ने विश्वास दिलाए । उनले दुई देशबीच हुँदै आएको ऊर्जा व्यापारलाई थप विस्तार गरी आपसी लाभ लिने विषयमा भारत तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली कागजबाट मासिक १ लाख कमाउँछन् पासाङ शेर्पा

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात

बागमती प्रदेशमा ट्राफिक कारबाहीबाट १४ करोड राजश्व संकलन

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक