नेप्सेमा सामान्य गिरावट



काठमाडौं । मंगलबार शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार मङ्गलवार ३ दशमलव ८१ अङ्कले घटेर दुई हजार एक सय ९३ दशमलव ४३ विन्दुमा झरेको छ । बैंक, विकास बैंक, होटल, बीमा, अन्य र लगानी समूहको शेयर घटेको छ ।

व्यापार, जलविद्युत्, फाइनान्स, उत्पादन, लघुवित्त र म्युचल फन्ड समूहको शेयर भने सामान्य बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार चार अर्ब ६७ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय १७ वटा कम्पनीका ७८ लाख १३ हजार कित्ता शेयर तीन अर्ब २९ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २९ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भयो । आज राष्ट्र उत्थान लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । विन्ध्यवासिनी हाइड्रो, साम्लिङ पावर र हिमाल दोलखा जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ र भाल्चे सबस्टेसन संचालनमा

काठमाडौं । चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित

नेपाली कागजबाट मासिक १ लाख कमाउँछन् पासाङ शेर्पा

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात