सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक : निर्माण व्यवसायी



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घ एसोसिएट समन्वय समितिको एघारौँ भेलामा निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक भएको बताएका छन् । कार्यक्रममा सहभागीले व्यवसायीमैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखेका थिए ।

महासङ्घका मानार्थ सदस्यसमेत रहेका सङ्घीय सांसद जीपछिरिङ लामा शेर्पाले निर्माण उद्योगको सुधारका लागि नियमावलीमा मात्र नभइ ऐनमै संशोधन आवश्यक रहेको टिप्पणी गरे । निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायीका साथै कर्मचारी पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन आएसँगै सङ्कटमा रहेको निर्माण उद्योगलाई राहत मिलेको बताए । “निर्माण उद्योगप्रति रहेको नकारात्मक प्रभाव चिर्दै यस पेसालाई सम्मानित बनाउने दायित्व व्यवसायीको काँधमा आएको छ”, अध्यक्ष सिंहले भने ।

समृद्धिका सारथी निर्माण व्यवसायीबिना भौतिक पूर्वाधारको विकास विस्तारले गति लिन नसक्ने उनको भनाइ थियो ।
महासङ्घका निर्वतमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण उद्योगको विकासबाट मात्र देशको समृद्धि सम्भव भएको धारणा राखे ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी)ले व्यवसायीलाई आफ्नो क्षमता अनुसारको मात्र काम गर्न सुझाव दिए । महासङ्घका महासचिव रोशन दाहालले विदेशीले जिम्मा लिएका नेपालका निर्माण परियोजनाको हालत अत्यन्त खराब रहेको दिए । विदेशी निर्माण व्यवसायीको तुलनामा नेपाली व्यवसायीले नै राम्रो काम गरेको उनको दाबी थियो ।

महासङ्घका उपाध्यक्ष समेत रहेका एसोसिएट समन्वय समितिका संयोजक रामजी पन्तले २५ लाखभन्दा बढीलाई रोजगारी दिएको निर्माण उद्योग चलायमान भए मात्र देशको अर्थतन्त्र मजबुत हुनसक्ने तर्क गरे ।

निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष शिवप्रसाद नेपालले निर्माण व्यवसायीले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताए ।

मुलुकमै निर्माण सामग्रीको उद्योग स्थापना गर्न व्यवसायीलाई उनले सुझाव दिए । कार्यक्रममा निर्माण व्यवसायी पूर्णबहादुर तामाङ, सुवित श्रेष्ठ, छत्र लामा, शिवहरि घिमिरे लगायतले निर्माण व्यवसायीका समस्याबारे चर्चा गरेका थिए ।

महासङ्घको विधानबमोजिम एसोसिएट उपाध्यक्ष स्वतः एसोसिएट समन्वय समितिको संयोजक रहने प्रावधानअनुसार भेलाले समितिको सहसंयोजक सहितको कार्यसमिति निर्विरोध चयन गरेको छ । सोअनुसार सहसंयोजकमा एनसी शेर्पा, भाइराजा श्रेष्ठ र रमेश अधिकारीलाई निर्विरोध चयन गरिएको छ । सचिवद्वयमा नवराज श्रेष्ठ र मोहन कार्की निर्विरोध भएका छन् ।

उपसचिव माधवप्रसाद आचार्य चयन भएका छन् । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः लक्ष्मी कार्की र कृष्णहरि चौलागाईं चयन भएको जनाइएको छ ।

सदस्यमा निर्विरोध चयन हुनेमा कुमारध्वज कार्की, उमेशध्वज थापा, गोकर्ण राउत, अनिल सिलवाल, खड्गबहादुर बुढाथोकी, कुमारप्रसाद गौतम र सूर्य अधिकारी छन् । सल्लाहकारमा सोम प्रसाईं, विनोद भट्टराई र केशव त्वानावसु चयन भएको जनाइएको छ । भेलामा महासङ्घको कार्यसमितिमा एसोसिएटको प्रतिनिधित्व गर्दै विजयी निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली कागजबाट मासिक १ लाख कमाउँछन् पासाङ शेर्पा

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात

बागमती प्रदेशमा ट्राफिक कारबाहीबाट १४ करोड राजश्व संकलन

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक