कैलाली भन्सारद्वारा नौ अर्ब राजस्व सङ्कलन



धनगढी । कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा नौ अर्ब ५८ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले उपलब्ध गराएको तथ्याङ्कका अनुसार सो अवधिमा ११ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । सङ्कलित राजस्व लक्ष्यको झण्डै ८१ प्रतिशत हो ।

कार्यालयका अनुसार भन्सार महशुलतर्फ तीन अर्ब ५६ करोड ५५ लाख, मुल्य अभिवृद्धि करतर्फ तीन अर्ब ८६ करोड ४० लाख, अन्तः शुःल्कतर्फ २३ करोड ९९ लाख र अन्य शीर्षकतर्फ एक अर्ब ९१ लाख ३१ लाख राजस्व असुली भएको छ ।

सो अवधिमा कार्यालयले मूल्य अभिवृद्धि करतर्फ तीन अर्ब १० करोड १५ लाख, भन्सार महशुलतर्फ पाँच अर्ब २२ करोड ४० लाख, अन्तः शुःल्कतर्फ २८ करोड ७६ लाख र अन्य शीर्षकतर्फ तीन अर्ब २१ करोड ६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

गत माघमा सबैभन्दा कम ६९ दशमलब ५२ प्रतिशत र सबैभन्दा बढी गत वर्ष साउनमा ८९ दशमलब आठ प्रतिशत राजस्व असुली भएको जनाइएको छ । कैलाली भन्सार नाकाबाट मुख्य निर्यात हुने वस्तुमा रोजिन टर्पेनटाइन, खयर कच्छ, पिना, भटमासको तेललगायत छन् ।

आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, मोटर पाट्र्सका साथै चामल, मकै, तोरी, तरकारीलगायत खाद्य सामग्री छन् । यो नाकाबाट निर्यात व्यापारभन्दा आयात बढी मात्रामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली कागजबाट मासिक १ लाख कमाउँछन् पासाङ शेर्पा

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात

बागमती प्रदेशमा ट्राफिक कारबाहीबाट १४ करोड राजश्व संकलन

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक