दोहोरो अंकले घट्यो शेयर बजार


काठमाडौं । शेयर बजार परिसूचक नेप्से शुक्रबार पनि घटेको छ । बिहीबार ६ अङ्कले घटेको शेयर बजार शुक्रबार २७ दशमलव २६ अङ्कले घटेर दुई हजार १७ दशमलव ४६ विन्दुमा झरेको छ ।

शुक्रबार सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, विकास बैंक, होटल तथा पर्यटन र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय १२ वटा कम्पनीको ३३ लाख २० हजार कित्ता शेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि किसान लघुवित्तको शेयर भने आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।