दोहोरो अंकले बढ्यो शेयर बजार



काठमाडौं । लगातार तेस्रो दिन बिहीबार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार १४ दशमलव ७१ अङ्कले बढेर २ हजार १ दशमलव ५३ विन्दुमा पुगेको छ । बिहीबार सबै समूहको शेयर सामान्य बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ ।

एक सय २० वटा कम्पनीका ६२ लाख १० हजार कित्ता शेयर दुई अर्ब ४१ करोड १८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३० करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज नबिल प्रगति फन्डको शेयर १० प्रतिशतले तथा माथिल्लो तामाकोशी जलविद्युत् र प्रभु सेलेक्ट फन्डको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

अर्थमन्त्रीसँग राष्ट्रसङ्घको सहायक महासचिवद्वारा भेट

काठमाडौं । संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का एसिया

शेयर बजारमा ७ अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्सेम गिरावट आएको

पर्यटक आगमनमा १२ प्रतिशतले बृद्धि, सबैभन्दा बढी भारतीय

काठमाडौँ ।  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ ।