दोहोरो अंकले घट्यो शेयर बजार, २ अर्ब रुपैयाँको कारोबार



काठमाडौं । आइतबार झन्डै ९५ अङ्कले बढेको शेयर बजार सोमबार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से सोमबार २३ दशमलव ८५ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव १३ विन्दुमा झरेको छ । आज जीवन बीमा र लगानी समूहबाहेक सबै समूहको शेयर घटेको छ ।

दुई सय २९ वटा कम्पनीको ५६ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब चार करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

सोमबार सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सीवाईसी लघुवित्त र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

कर्णालीमा चालु आर्थिक वर्षको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

  कर्णाली । प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा सरकार