नेप्सेमा ७ अंकको गिरावट



काठमाडौं । लगातार पाँच दिन घटेर बिहीबार केही सुधार देखिएको शेयर बजार परिसूचक नेप्से शुक्रबार फेरि ओरालो लागेको छ । शुक्रबार नेप्से ७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव ३८ विन्दुमा झरेको छ ।

आज पहिलो पटक दुई घण्टाका लागि शेयर बजार खुलेको हो । यसअघि सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि शेयर बजार पनि आइतबार बन्द गरेर शुक्रवार खोल्न थालेकोमा आइतबारको बिदा कटौती भएपछि शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टाका लागि मात्र शेयर बजार खुलाउन थालिएको हो ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, जलविद्युत् र विकास बैंकको शेयर दोहोरो अङ्कले घटेको छ । आज दुई सय २० वटा कम्पनीको २३ लाख ५४ हजार कित्ता शेयर ७३ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड १४ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो । समग्र बजार घटे पनि आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । रिभर फल्स पावर कम्पनीको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ र भाल्चे सबस्टेसन संचालनमा

काठमाडौं । चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित

नेपाली कागजबाट मासिक १ लाख कमाउँछन् पासाङ शेर्पा

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात