शेयर बजारमा निरन्तर ओरालो



काठमाडौं । बुधबार पनि शेयर बजार ओरालो लाग्यो । बुधबार शेयर बजार परिसूचक नेप्से २९ दशमलव ८९ अङ्कले घटेर एक हजार नौ सय ६६ दशमलव ३७ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार राताम्मे हुने क्रम नरोकिएपछि बिक्री गर्नेहरू बढ्दा कारोबार रकम भने केही बढेको छ । दुई सय २९ वटा कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयर एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो । आज बलेफी हाइड्रो र लाइफ इन्सोरेन्स कर्पोरेशनको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली कागजबाट मासिक १ लाख कमाउँछन् पासाङ शेर्पा

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात

बागमती प्रदेशमा ट्राफिक कारबाहीबाट १४ करोड राजश्व संकलन

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक