नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं । साताको पहिलो दिन नै सेयर बजार ओरालो लागेको छ । पछिल्लो समय घटिरहेको सेयर बजार साताको पहिलो कारोबार दिन सोमबार पनि दोहोरो अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आजको कारोबारमा सूचक र कारोबार रकम दुवै झरेका छन् । बजार परिसूचक नेप्से १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा पुगेको छ। सेन्सिटिभ सूचक पनि आज २.३० अंकले झरेको छ । दुई सय ३० कम्पनी कारोबारमा सामेल हुँदा २९ लाख कित्ता सेयर बिक्री भएको छ। यो भनेको ९९ करोड ८६ लाख रुपैयाँको कारोबार हो ।

बलेफी हाइड्रो र ग्रिन भेन्चर्सका लगानीकर्ताले १० प्रतिशत कमाउनेबाहेक अन्य कम्पनीका लगानीकर्तालाई निराश बनाएको छ । आज लगानीकर्ताले ५.४० प्रतिशतसम्म गुमाएका छन्। सानामा बैंकको सर्वाधिक नौ करोडको कारोबार भएको छ। उपकार लघुवित्तको साढे ५ करोडको कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटल व्यवसाय धरासायी भएकामा सिरहाका व्यवसायी चिन्तित

सिरहा । बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्था हेरेर कर्जाको ब्याजदर बढाएपछि सिरहाका

प्रधानमन्त्रीको निर्देशनः किसानलाई दूधको भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई

बैंक, वित्तीय संस्था फेल हुने अवस्थामा छैनन्ः गभर्नर अधिकारी

  काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र

नेप्सेमा दोहोरो अंकको बृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ