इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् ।

एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो । मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिने सम्बन्धमा समझदारीमा हस्ताक्षर भएको जानकारी दिए ।

सोही निर्णयका आधारमा कारोबार रोक्काका लागि नेप्सेलाई आग्रह गरिएको हो । दुई बैंक एकापसमा गाभिएपछि सबैभन्दा ठूलो बैंक बन्नेछ । एकापसमा गाभिएपछि बैंकको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहने बताइएको छ । आगामी असोज मसान्तसम्म एकीकृत कारोबार गर्ने तयारी गरिएको छ । दुई बैंक एक आपसमा गाभिएपछि बन्ने बैंकको कूल चुक्तापूँजी ३२ अर्ब ८१ करोड हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीको ११ करोड हिनामिना गरेको आरोपमा माता पाथिभरा सहकारीका अध्यक्ष श्रेष्ठ जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका

रामेछापका गाईपालक किसान दूधको मूल्य घट्दै गएपछि चिन्तित

रामेछाप । रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध जिल्लामा रहेको डेरी सञ्चालकहरुले नलिएका

‘दातृ निकायको सुझावका आधारमा नै सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधनको प्रक्रियामा’

काठमाडौँ ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अवैध कारोबारलाई रोक्न

साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन सञ्चालनमा

  काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत् वितरणतर्फका नौ