सर्वसाधारणलाई शेयर जारी गर्दै आदर्श लघुवित्त



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार १ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित ६७ लाख मूल्य बराबरको ६७ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुल्ला गर्ने लागेको हो ।

सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता एक सय अङ्कित दरमा ६२ हजार ६१५ कित्ता शेयर बिक्री गर्ने प्रायोजनका लागि दरखास्त आह्वान गरेको छ ।

कम्पनीका अनुसार कूल ६७ हजार कित्ता शेयरमध्ये एक हजार ३५ कित्ता कम्पनीका कर्मचारी र निष्कासनको पाँच प्रतिशतले हुने तीन हजार ३५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी ६२ हजार ६१५ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

निष्काशन गरिने शेयरमा इच्छुक लगानीकर्ताले छिटोमा आगामी असार ६ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने छन् । यो समयमा माग बमोजिम आवेदन नआए असार १५ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सकिने सार्वनजिक सूचनामा उल्लेख छ ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरनपी बी प्लस आईएस्’ ग्रेडिङ प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ र भाल्चे सबस्टेसन संचालनमा

काठमाडौं । चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित

नेपाली कागजबाट मासिक १ लाख कमाउँछन् पासाङ शेर्पा

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात