नेप्से निरन्तर उकालोतिर



काठमाडौं । बुधबार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार ५६ दशमलव ०६ अङ्कले बढेर दुई हजार तीन सय ६९ दशमलव ०६ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा बीमा, लघुवित्त, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि केही बढेको छ ।

दुई सय २९ वटा कम्पनीका ५३ लाख ३३ हजार कित्ता शेयर दुई अर्ब १६ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली जलविद्युत् आयोजनाको १० करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । अरू पाँच वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर एक प्रतिशतभन्दा धेरैले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

अर्थमन्त्रीसँग राष्ट्रसङ्घको सहायक महासचिवद्वारा भेट

काठमाडौं । संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का एसिया

शेयर बजारमा ७ अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्सेम गिरावट आएको

पर्यटक आगमनमा १२ प्रतिशतले बृद्धि, सबैभन्दा बढी भारतीय

काठमाडौँ ।  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ ।