शेयर बजारमा दोहोरो अंकको बृद्धि



काठमाडौं । शेयर बजार सोमबार पनि उकालो लागेको छ । आइतबार झन्डै १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से सोमबार १२ दशमलव २७ अङ्कले बढेर दुई हजार दुई सय ६८ दशमलव ८४ विन्दुमा पुगेको छ । आज होटल, विकास बैंक, जीवन बीमा र लगानी समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ ।

दुई सय २२ कम्पनीका ३३ लाख २४ हजार कित्ता शेयर एक अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको सात करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि हिमालयन ऊर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्त विकास बैंक र गुहेश्वरी मर्चेण्ट बैंकको शेयर सबैभन्दा धेरै तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारलाई सुझाव दिन राजस्व परामर्श समिति गठन

काठमाडौँ । राजस्व परिचालन तथा व्यवस्थापनका क्षेत्रमा सरकारलाई सुझाव दिने संयन्त्रका रुपमा रहेको

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन : अर्थमन्त्री

  नुवाकोट । अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति सरकार प्रतिबद्ध

राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा