मोरङ व्यापार सङ्घको अध्यक्षमा रिजाल



विराटनगर । मोरङ व्यापार सङ्घको ३३औँ कार्यकारिणी समितिले नवीन रिजाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, उपाध्यक्ष (वाणिज्य)मा अनिलकुमार साह, उपाध्यक्ष (उद्योग)मा विकासकुमार बेगवानी, महासचिवमा अनिल शारदा, सचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा राजेश अग्रवाल र प्रवक्तामा विनित सिङ्घानियाँ निर्विरोध चयन भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यमा आशिष जाजु, दीपेश सुवेदी, अमित शारदा, पवन राठी, देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी र सुशील सुरानालाई चयन गरिएको छ । नवनियुक्त अध्यक्ष रिजालले पदभार ग्रहण गर्दै कार्यसमितिका भावी योजना प्रस्तुत गरेका थिए ।

उनले आफ्नो कार्यकालमा सरकारसमक्ष विकास निर्माणका कार्यलाई त्रैमासिक रुपमा खर्च गर्ने नीतिका लागि पहल गर्ने, मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि पहल गर्ने, तीव्र औद्योगिकीकरणका लागि जोड दिँदै तरलता अभाव, अस्थिर ब्याजदर, चर्को विद्युत महसुल, ढुवानी खर्च आदि न्यूनीकरण गर्न पहल गर्ने तथा अस्वाभाविक नीतिको निराकरणका लागि पहल/पैरवी गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनलाई केन्द्रित गरी  सरकारले कानुन संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

  काठमाडौँ । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न १२ वटा

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत, सरकारी र निजी गरी एक सय ४८ वटा राखिने

  काठमाडौँ ।  लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने,

कतारमा पानी निर्यातको अवसर बन्नसक्छ अमिरको नेपाल भ्रमण

  काठमाडौँ ।  नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका

सरकारले व्यवसायीको हकहितमा काम गर्नुपर्छ : सांसद शर्मा

काठमाडौं ।नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्माले सरकारले मुलुकका व्यवसायीहरुको हकहितमा काम गर्नुपर्ने