नेप्से परिसूचक सामान्य अंकले गिरावट



काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ । सोमबार करिब १०० अंकले गिरावट आएको नेप्से परिसूचक मंगलबार ५.५९ अंक घटेर २ हजार ८१५.०६ विन्दुमा झरेको छ ।

त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.०९ अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको छ । मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको कोरोबार भएको छ । मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

सोमबार करिब ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार नेप्सेका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक गिरावट आएको छ । जसमा जीवन बीमा उपसमूहको परिसूचक मात्रै ०.४४ प्रतिशत बढेको छ ।

यसबाहेक अन्य सबै उपसमूहको परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचकमा गिरावट आए पनि दुई कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

जसमा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । त्यस्तै पोखरा फाइनान्स, कालिका लघुवित्त र सामलिङ पावर कम्पनीको शेयरमूल्य पनि बढेको छ । तर कृषि विकास बैंकको ऋणपत्र, गोर्खाज फाइनान्सको शेयरमूल्य घटेको छ । कारोबार रकमका आधारमा २७ करोड बराबरको शेयर कारोबार गरेर एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । त्यस्तै अपि पावर कम्पनको पनि करिब २३ करोड बराबरको शेयर खरिदबिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण