टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार गर्ने



काठमाडौं । एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार गर्ने भएको छ । कम्पनीले फोरजी एलटीई नमस्ते वाइफाइ सेवाका विभिन्न आकर्षक प्याकेज उपलब्ध गराइरहेको छ ।

कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेज आवश्यक डिभाइससहित उपभोक्तालाई सहजरुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ । सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र साइबरनेटिक्स प्रालिका सिइओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् ।

फोरजी एलटीई नमस्ते वाइफाइमार्फत नेपाल टेलिकमले हाल व्यक्तिगत प्याकेज र संस्थागत प्याकेज उपलब्ध गराइरहेको प्रवक्ता राजेश जोशीले जानकारी दिए । व्यक्तिगत प्याकेजअन्तर्गत होम ब्रोडब्यान्ड वेसिक ८०० रुपैयाँमा ६० जिबी ३० दिनका लागि उपलब्ध छ । त्यसैगरी एक वर्षका लागि नौ हजारमा ७२० जिबी प्याक उपलब्ध छ ।

यसलाई प्रतिमहिना ६० जिबीको दरले एक वर्षसम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा ४०० रुपैयाँमा १५ दिनका लागि ६० जिबी प्याक लिन सकिन्छ ।

होम ब्रोडब्यान्ड प्रिमियमअन्तर्गत एक हजार २०० रुपैयाँमा १२० जिबी प्याक ३० दिनका लागि उपलब्ध हुन्छ । त्यसैगरी एक वर्षका लागि १३ हजार ५०० मा एक हजार ४४० जिबी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० जिबीको दरले एक वर्षसम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा ६०० रुपैयाँमा १५ दिनका लागि १२० जिबी प्याक लिन सकिन्छ ।

सरकारी संस्था प्याकेजमा तीन हजार ६५० रुपैयाँ र दुई हजार १०० रुपैयाँमा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेज उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिकरुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको व्यवस्था छ ।

हाल देशका अधिकांश स्थानमा फोरजी सेवा पुगिसकेको र घरमा वा कार्यालयमा द्रुत गतिको इन्टरनेट विभिन्न डिभाइसमार्फत चलाउन इच्छुक सेवाग्राहीको सङ्ख्या वृद्धि हुँदै गएकाले यो सेवा प्रभावकारी र आकर्षक हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडान सम्झौताका लागि पहल गर्न व्यवसायीको आग्रह

  भैरहवा  । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध

रुसी चेम्बर्सलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

  काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले

बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न बोर्डको आग्रह

  दमौली (तनहुँ) ।  तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले परिचित बन्दीपुर

तोलामा दुई हजार सात सयले घट्यो सुनको मूल्य

  काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा मंगलबार गिरावट भएको छ ।