नेप्सेमा गिरावट



काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८.३१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ । आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा व्यापार उपसमूह, फाइनान्स उपसमूह, विकास बैंक उपसमूहको सूचक भारी अंकले गिरावट आएको छ ।

आज कारोबारमा आएको बुद्धभूमि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । सामलिङ्ग पावरको ९.९६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२९ प्रतिशत र सेञ्चुरी बैंकको २.७९ प्रतिशतले बढेको छ । त्यस्तै, यता घलेम्दी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ४.३४ प्रतिशतले घटेको छ ।

कालिका लघुवित्तको ४.२३ प्रतिशत, मध्य भोटेकोशी हाइड्रोपावरको ३.८३ प्रतिशत र गुह्वेश्वरी फाइनान्सको ३.६७ प्रतिशतले घटेको छ । कारोबारको आधारमा अपि पावरको सबैभन्दा धेरै २० करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अन्य अरुण भ्याली हाइड्रोपावरको २० करोड, ७ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको १५ करोड ३१ लाख, अपर तामाकोशीको १५ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत