नेप्से दोहोरो अंकले वृद्धि



काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिनको सोमबार कारोबारमा वृद्धि भएको छ । आज भएको कारोबारको सुरुवातमा ओरालो लागेको नेप्से बजारमा शेयर खरिदकर्ता हाबी हुँदा दिनभरीको तिव्र उतारचढावका बीच परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ विन्दुमा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स पनि ३.७० अंकले बढेको छ । यस्तै फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंक बढेको छ । सोमबार कारोबार भएका २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार कित्ता शेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको किनबेच भएको छ । अघिल्लो दिन आइतबार ९ अर्ब माथिको कारोबार भएको थियो ।

यसरी हेर्दा आइतबारको तुलनामा कारोबार रकममा भने कमी आएको छ । सोमबार नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढ्दा ५ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ । तर यता विकास बैंक, वित्त, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको छ ।

सोमबार कारोबारमा आएको मध्य भोटेकोशीको शेयरमा सकारात्मक सर्किटको तहमा कारोबार भएको छ । त्यस्तै, सनराइज ब्लुचीप फण्डको इकाई मूल्य र सिंगटी हाइड्रोपावर तथा सीईडिबी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । कारोबार रकमका आधारमा ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । त्यस्तै , अपि पावरको ४१ करोडको शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

आर्थिक गतिविधिमा आएको समस्याका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमाः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अर्थमन्त्रीसँग मुख्यमन्त्री कँडलको माग

  काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान