युरोपका शहरमा सिधा हवाई उडानबारे फ्रान्सेली राजदूतसँग छलफल



काठमाडौं । नेपाल र फ्रान्सबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्य गर्नेबारे कुराकानी भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बौरबाओबीच भेटवार्ता भएको छ ।

बोर्डमा भएको भेटका क्रममा दुवै देशको पर्यटन प्रर्वद्धनका लागि आपसी सहयोग र सहकार्य अभिवृद्धि गर्दै राम्रा अभ्यासको आदानप्रदान गर्ने कुरामा जोड दिइएको छ ।

भेटका क्रममा राजदूत गिल्सले नेपालको पर्यटन विकासका लागि फ्रान्स सधैँ सकारात्मक रहेको उल्लेख गर्दै फ्रान्सेली पर्यटकले नेपालको साहसिक पर्यटन, पदमार्ग तथा यहाँको प्राकृतिक सुन्दरता मन पराउने बताए । उनले आफूसमेत पदमार्ग गर्न रुचि राख्ने व्यक्ति भएको बताए ।

यस्तै उनले फान्सेली पर्यटकको नेपाल आगमनका लागि आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले युरोपेली शहरबाट नेपालसम्मको सिधा उडान भए नेपालमा युरोपेली पर्यटक आगमन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बोर्डका कार्यकारी अधिकृत रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो नरहको उल्लेख गर्दै विदेशी पर्यटक आगमनमा सहजता ल्याउने गरी काम भइरहेको जानकारी दिए ।

उनले साहसिक पर्यटनमा रुचि राख्ने फ्रान्सेली पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताउँदै सन् २०१८ मा फ्रान्सबाट करिब ३२ हजार र सन् २०१९ मा ३१ हजार पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

  ललितपुर ।  काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा