होटल व्यवसायीका समस्या समाधान गर्न पहल गर्ने मन्त्री आलेको आश्वासन



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले होटल व्यवसायीका समस्या समाधानका लागि आफूले पहल थाल्ने बताएका छन् ।

एकता होटल तथा गेष्टहाउस व्यवसायी सङ्घ नेपालको नवौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनलाई शनिबार सम्बोधन गर्दै मन्त्री आलेले पछिल्लो समय होटल तथा गेष्टहाउस व्यवसायीलाई पर्यटन विभागमा दर्ता प्रक्रियादेखि अन्य विभिन्न समस्या भएकाले ती समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका हुन् ।

पर्यटन क्षेत्रलाई प्रोत्साहित गर्न होटेल तथा गेष्टहाउस सञ्चालकको अहम् भूमिका रहेकाले होटल व्यवसायीलाई परेका समस्या र साह्रोगाह्रोलाई पर्यटन मन्त्रालय तथा होटल व्यवसायी सङ्घ दुवै पक्ष मिलेर समाधान गर्नतिर लाग्नुपर्ने मन्त्री आलेको भनाइ थियो ।

होटल तथा गेष्टहाउस व्यवसायीले पर्यटन ऐन २०३५ लाई संशोधनका लागि पहल गर्नुपर्ने तथा पर्यटन विभागमा होटल दर्ता गर्न पहिले ५० बेडको व्यवस्था थियो त्यसलाई परिमार्जन गरी २५ बेडमा झारेकाले त्यसले गर्दा अधिकांश साना तथा मझौला होटल त्यो मापदण्डमा नपर्दा दर्ता हुन सम्भव नभएकाले २५ बेडको मापदण्डलाई संशोधनका लागि पहल गर्न माग गरेका थिए ।

होटल तथा गेष्टहाउस व्यवसायीलाई पर्यटन ऐन २०३५ र पर्यटन विभागमा होटल दर्ता गर्ने प्रक्रियाले भइरहेका समस्याका विषयमा उचित पहलकदमी चाल्ने मन्त्री आलेले बताए । उनले भने, “पर्यटन ऐन २०३५ संशोधन गर्ने कुरा म एक्लैले गर्न सक्ने कुरा होइन, तर त्यसको समाधानका लागि के गर्न सकिन्छ म सकारात्मकरूपमा लाग्ने छु ।”

उनले आफू पवित्र उद्देश्य बोकेर मन्त्रालयमा मन्त्रीका हैसियतामा आएकाले नागरिक तथा पर्यटन व्यवसायीसहित देशलाई फाइदा हुने र सकारात्मक हुने कामका लागि आफू कहिले पनि पछि नहट्नेसमेत बताए । मन्त्री आलेले मन्त्रालय तथा मातहतका निकायमा हुने गलत प्रवृत्तिका कामलाई निरुत्साहित गर्दै आफूले सही र जनहितका कामलाई उच्च प्राथमिकता दिएको जिकिर गरे ।

यसैगरी मन्त्री आलेले नेपालका होटल तथा गेष्टहाउस व्यवसायीले पर्यटक भित्राउन आफूले सक्ने सहयोग गर्नेसमेत बताए । उनले भने, “नेपालमा जतिसक्दो बढी पर्यटक भित्राउन सके यहाँको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा विकास हुनेछ, त्यसका लागि तपाईँहरूको पनि सहयोग आवश्यक छ ।”

विदेशी पर्यटक तथा नेपाली नागरिकका बीचमा हवाई भाडामा पनि एकरुपता कायम गर्न आफूले पहल चालिरहेको मन्त्री आलेले कार्यक्रममा जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

आर्थिक गतिविधिमा आएको समस्याका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमाः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अर्थमन्त्रीसँग मुख्यमन्त्री कँडलको माग

  काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान