नेप्सेमा उच्च अङ्कको गिरावट



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा बिहीबार ४९.०४ अङ्कले गिरावट आई दुई हजार ५८४.६१ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.४६ अङ्कले ओरालो लागेर ४८७.२७ मा ओर्लेको छ ।

नेप्सेमा उच्च अङ्कको गिरावट देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल २३१ कम्पनीको नौ लाख ३२ हजार ७३१ कित्ता शेयर तीन अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ मूल्यमा खरिद बिक्री भए । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ३६ खर्ब ३५ अर्ब ७६ करोड ४३ लाख ४० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ १७.८८, व्यापार ३६.०५, होटल तथा पर्यटन ६२.३७, विकास बैंक १८९.०१, जलविद्युत् ६६.६५, वित्त ९३.३७, निर्जीवन बिमा २४५.८५, उत्पादन १५३.६७, अन्य ७५.६९, लघुवित्त ८४.४, जीवन बिमा २३०.८३, सामूहिक लगानी कोष ०.२ र लगानी १.४१ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा बिहीबार पनि महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको १२ करोड ४३ लाख ३९ हजार ३०६ बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी ११ करोड ७९ लाख १९ हजार २२, नेशनल हाइड्रोपावर १० करोड ९७ लाख ५० हजार ३४७, नेपाल दूरसञ्चार कम्पनी रु नौ करोड ८६ लाख ४७ हजार ४४ र नबिल बैंक  नौ करोड १५ लाख ८८ हजार १०० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सामालिङ पावर ९.९९, न्यादी हाइड्रोपावर ९.९८, महिला लघुवित्त ८.५०, नेपाल एसबिआई बैंक १.६९ र सबैको लघुवित्तका लगानीकर्ताले १.६० प्रतिशतले कमाए । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ६.८०, मैलुङ खोला जलविद्युत् कम्पनी ६.७५, शिवश्री हाइड्रोपावर ५.५७, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.४१ र गुडविल फाइनान्सका लगानीकर्ताले ५.३९ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कारबाही बढे पनि घटेनन् कालोबजारीया

काठमाडौँ र सरकारले खाद्य स्वच्छता तथा गुणस्तर कायम गराउन गरेका प्रयास सन्तोषजनक देखिएका

मधेसका ३९ स्थानीय तहले बुझाएनन् बजेट विवरण

वीरगंज । आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले

पाल्पामा फस्टाउँदै उद्योग व्यवसाय

सुशीला रेग्मी, रामपुर । पहाडी जिल्ला पाल्पामा उद्योग तथा व्यवसायमा लगानी गर्ने क्रम

दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

भोजपुर । उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् ।