नेप्से परिसूचक सामान्य अंकले गिरावट



काठमाडौं । पछिल्लो तीन दिनदेखि निरन्तर शेयर बजारमा मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि लगातार ओरालो लागेको हो ।

मंगलबार कारोबारको शुरुवातदेखि उतारचढावका बीच परिसूचक कारोबारको अन्तिम समयमा आएर १.६४ अंकले घटेर २ हजार ६२८.३७ अंकमा झरेको छ । मंगलबार कारोबारमा आएका २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार २१.४८ अंकले घटेर २ हजार ६२९.९८ अंकमा ओरालो लागेको थियो । कारोबार रकम पनि सोमबारको भन्दा घटेको छ । सोमबार ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको किनबेच भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ६ उप–समूहको शेयर मूल्य बढेको छ भने बाँकी ७ सूचकहरुको घटेको छ । आज जलविद्युत ११.४, विकास बैंक ४०.८८, फाइनान्स ८.८९, निर्जीवन बीमा ९६.६ र अन्य समूहको १४.११ अंकले बढेको छ । त्यस्तै, बैंकिङ समूहको ६.५६, माइक्रोफाइनान्स १०.९५ र जीवन बीमा समूहको उपसूचक ६९.६४ अंकले घटेको छ ।

आज कारोबारमा १०१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । साथै, २० वटा कम्पनीको शेयर मूल्य स्थिर छ । कारोबारमा सामलिङ पावर कम्पनी र न्याग्दी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

तातोपानी भन्सारबाट तीन हजार पाँच सय टन रासायनिक मल काठमाडौँ ढुवानी

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४