नेप्से परिसूचक ओरालो यात्रामा



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि झिनो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से शेयर कारोबार हुने साताको अन्तिम दिनसमेत ओरालै लागेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.२२ अङ्कले घटेर दुई हजार ७३१.७८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४५ अङ्कले बढेर ५१५.६४ मा पुगेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत सस्तोमा नै सीमित भएको छ । कूल २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर रु तीन अर्ब ७८ करोड ९७ लाख नौ हजार ३३१ मूल्यमा खरिद बिक्री भए ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३८ खर्ब ३४ अर्ब बराबर पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ९.७७, होटल तथा पर्यटन २५.६६ र अन्य १९.५१ अङ्कले बढेको छ । व्यापार ४३.१६, विकास बैंक ७०.८७, जलविद्युत् २७.४८, वित्त २.०३, निर्जीवन बीमा १५६.८४, उत्पादन २९.१, लघुवित्त ५१.४१, जीवन बीमा २३.२६, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.४९ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ५७ लाख १३ हजार ७३६ बराबरको कारोबार भयो ।

यस्तै महालक्ष्मी विकास बैंक १६ करोड २१ लाख ८४ हजार ७१०, सिभिल बैंक १४ करोड ७९ लाख १८ हजार ८३६, साना किसान बैंक १० करोड चार लाख ९७ हजार ७१० र नबिल बैंक १० करोड एक लाख ६७ हजार ३७६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । त्यस्तै मानुषी लघुवित्त ६.९३, साना किसान विकास बैंक ५.०८, कर्णाली डेभलपमेन्ट बैंक ४.९५, कुमारी बैंकको ऋणपत्र ४.४१ र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

मान्म । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका-३ फोइमहादेव गाउँमा रहेको छ

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने