सामान्य अङ्कले बढ्यो नेप्से



काठमाडौं । सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७.९० अङ्कले उकालो लागेर दुई हजार ७६५.४३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ अङ्कले उकालो लागेर ५१९.४६ मा पुगेको छ ।

नेप्से परिसूचक झिनो अङ्कले बढे पनि कारोबार रकम भने ओरालो लागेको छ । कूल २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर ओरालो लाग्यो भने आठ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ २.८९, व्यापार १५.८३, होटल तथा पर्यटन १४९.७६, जलविद्युत् १०.९२, निर्जीवन बीमा ९९.४८, अन्य २७.६५, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.७२ अङ्कले उकालो लाग्यो ।

यस्तै, विकास बैंक ३४.९९, वित्त २३.२९, उत्पादन २४.९१, लघुवित्त १४.५७ र जीवन बीमा ७.०८ अङ्कले ओरालो लाग्यो । सोमबारको कारोबारपछि बजार पूँजीकरण ३८ खर्ब ८९ अर्ब ६० करोड ७० लाख ६९ हजार ६८५ मा सीमित भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३४ करोड ४१ लाख २५ हजार ५०२ बराबरको कारोबार भयो ।

त्यस्तै, दूरसञ्चार कम्पनी २९ करोड १८ लाख ६७ हजार ४०६, अरुण काबेली पावर रु १४ करोड ८७ लाख ६७ हजार ९३, हिमाल दोलखा हाइड्रोपावर १४ करोड २७ लाख ८३ हजार ४३ र नबिल बैंक १२ करोड ४८ लाख ४५ हजार ७६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लाग्दा चन्द्रागिरि हिल्स ९.७५, एनआइबिएल प्रगति फन्ड ६.७६, खानीखोला हाइड्रोपावर ५.०३ र नेपाल इन्सुरेन्स कम्पनीका लगानीकर्ताले ४.०८ प्रतिशतले कमाए ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक ३.७०, रिलायन्स फाइनान्स ३.०६, तेह्रथुम पावर कम्पनी २.६०, साना किसान विकास बैंक १.९८ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १.९५ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत