दुई देशका पर्यटन व्यवसायीबीच नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धनबारे छलफल



पोखरा । नेपाल–बङ्गलादेशबीच पर्यटन प्रवद्र्धनदेखि व्यावसायिक साझेदारी लगायतका विषयमा छलफल भएको छ । पोखरा पर्यटन परिषद्को समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एन्ड बी टू बी एक्सचेन्ज कार्यक्रम’ पहिलो चरण  सम्पन्न भएको हो । कार्यक्रममा नोभेम्बर १६ देखि २१ सम्म गन्तव्य प्रवद्र्धनदेखि व्यावसायिक साझेदारी एवं प्रवद्र्धनका विषयमा छलफलअन्तर्गत पाटाको टोलीले यहाँका पर्यटन व्यवसायीसँग त्यस विषयमा छलफल गरेको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष शहीद हमिद र महासचिव तफिक रेहेमानसहित पर्यटन व्यवसायीको टोलीले पोखराका पर्यटन व्यवसायीसँग छलफल गरेका थिए । उक्त टोलीमा बङ्गलादेशका टुर अपरेटर, मिडिया र युनिभर्सिटीका पाटा स्टुडेन्ट च्याप्टरका प्रतिनिधि पनि सहभागी छन् । क्षेत्रीय पर्यटन प्रवद्र्धनअन्तर्गत हुन लागेको बी टु बी (बिजनेस टू बिजनेस) सम्झौताका लागि यो टोली नेपाल आइपुगेको हो ।

कार्यक्रमअनुसार नोभेम्बर १७ देखि १९ सम्म पोखराको प्रमुख गन्तव्यको अवलोकन पोखराका पर्यटन व्यवसायी र सरोकारवाला व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम गरिने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिए ।

उनले आर्थिक सम्बन्ध दरिलो बनाउन दुई देशबीचका पर्यटकीय क्षेत्रको प्रवद्र्धन व्यनवसायिक साझेदारीमा सम्भाव्यताको खोजीका लागि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । उनका अनुसार यसपछि काठमाडौँमा बी टू बी कार्यक्रममा ‘डेस्टिनेसन इनसाइड’बारे प्रस्तुतीकरण गरिनेछ ।

बङ्गलादेश पाटा च्याप्टरका अध्यक्ष साहिद हमिदले कोभिडका चपेटामा परेको पर्यटन प्रवद्र्धनका लागि नवीनतम सोच र अवधारणा खाँचो औँल्याउँदै क्षेत्रीय पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।

उनले आन्तरिक पर्यटन मुलुककोे मेरुदण्ड भएकाले सन् २०२२ का लागि क्षेत्रीय सहकार्य गरेर अघि बढ्न जरुरी रहेको जनाउँदै अहिलेको प्राथमिकता भनेको ‘सर्ट हल फ्लाइट’ हुने अन्तर्राष्ट्रिय बजार रहेको प्रस्ट्याए ।  पाटा नेपालले निकट भविष्यमा भारत, श्रीलङ्का, भूटान, म्यान्मारलगायत मुलुकसँग दुईतर्फी क्षेत्रीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेको उनले जानकारी दिए ।

परिषद्का पूर्वअध्यक्ष एवम् कार्यक्रम संयोजक टीकाराम सापकोटाले भौगोलिक दूरीका हिसाबले २७ किलोटिर टाढा रहेको बङ्गलादेशसँग नेपालले साझेदारीमा आर्थिक समृद्धिका लागि धेरै कार्य गर्न सक्ने जानकारी दिए । उनले कोरोनापछि दुई देशबीचको नेटवर्किङका लागि भएको यस कार्यक्रमले आगामी दिनमा दुई देशबीच पर्यटन प्रवद्र्धनलगायत व्यवसायिक साझेदारीमा काम गर्न सकिने बताए ।  कार्यक्रममा यहाँका पर्यटन व्यवसायी र सरोकारवालाको सहभागिता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत