नेप्से परिसूचक पुनः घट्यो, दुई कम्पनीको शेयरमा सर्किट



काठमाडौं । बुधबार उच्च अङ्कले बढेर दुई हजार ८०० भन्दामाथि पुगेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ३२.३९ अङ्कले घटेर दुई हजार ७६९.१३ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४३ अङ्कले घटेर ५२२ मा ओर्लेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम आज भने रु छ अर्ब नाघेको छ । कूल २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर छ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३८ खर्ब ९४ अर्ब ७२ करोड ७८ लाख ५८ हजार ८९ बराबर भएको छ ।

नेप्सेका अनुसार बिहीबार कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ २२.०६, व्यापार ६९.५४, होटल तथा पर्यटन ३९.१६, विकास बैंक १११.६१, जलविद्युत् ९०.९६, वित्त २७.५७, निर्जीवन बीमा ७६.२८, लघुवित्त ८.२७, जीवन बीमा २२८.०७, सामूहिक लगानी कोष ०.०६ र लगानी १.५ अङ्ले घटेको छ । त्यस्तै अन्य उपसमूह २६.४२ अङ्कले उकालो लागेको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६० करोड ४४ लाख ५५ हजार ४१२ बराबरको कारोबार भयो । यस्तै महालक्ष्मी विकास बैंक ५७ करोड २८ लाख ५० हजार ३५८, माथिल्लो तामाकोशी ३९ करोड ५० लाख ३३ हजार १७५, नेशनल हाइड्रोपावर १९ करोड २६ लाख ३४ हजार ९१७ र छिमेक लघुवित्तको १७ करोड २९ लाख २५ हजार ७७१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै नारायणी  डेभलपमेन्ट बैंक ६.५२, फस्ट माइक्रोफाइनान्स ६.४९ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ३.५१ प्रतिशतले कमाए । उता, मैलुङ खोला जलविद्युत् कम्पनी ५.०३, शिव श्री हाइड्रोपावर ४.५२, माउण्टेन इनर्जी नेपाल ४.४९, हिमालयन पावर पार्टनर ४.४७ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.४५ प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

तातोपानी भन्सारबाट तीन हजार पाँच सय टन रासायनिक मल काठमाडौँ ढुवानी

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी