तीन महिनामा वस्तु आयात १२.७ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कूल वस्तु आयात १२.७ प्रतिशतले घटेर दुई खर्ब ९२ अर्ब २७ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.३ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २६.९ प्रतिशत र १९.० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइलालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपुर्जा, हवाईजहाज तथा पाटपुर्जा, अन्य मेसिनरी तथा पाटपुर्जा, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ सुक्खा बन्दरगाह, कैलाली, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ ।

आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल वस्तु व्यापार घाटा १५.१ प्रतिशतले घटी दुई खर्ब ६१ अर्ब २२ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १२ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल वस्तु निर्यात १४.३ प्रतिशतले वृद्धि भई ३१ अर्ब पाँच करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १९.४ प्रतिशत र ७.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५३.२ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, अलैँची, पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छालालगायतका वस्तुको निर्यात घटेको छ ।

सो अवधिमा चालु खाता ३४ अर्ब ३६ करोडले बचत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ४७ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ८४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोड ८२ लाखले बचत छ ।

सो अवधिमा पुँजीगत ट्रान्सफर ३.३ प्रतिशतले कमी आई रु तीन अर्ब ५६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आई दुई अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर तीन अर्ब ६८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ९९ करोड थियो ।

त्यस अवधिमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब नौ करोडले बचत छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोड बचत थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १२ करोड ७८ लाख बचत रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८५ करोड १० लाख बचत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भर्चुअल मुद्राको कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने

नेप्सेमा १०.८३ अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार भने झन्डै ११

बूढीगण्डकी आयोजना प्रभावितले ह्रास कट्टीबापतको रकम तिर्नु नपर्ने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले अब ह्रास कट्टीबापतको

व्यापार घाटा चुलिँदै: ६ महिनामा १० खर्ब बराबरको वस्तु आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयातसँगै निर्यातमा समेत बृद्धि भएको