संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न गभर्नर अधिकारीको आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढी कर्जा प्रवाह हुँदा तरलता अभाव भएको बताएका छन् । नेपाल बैंकर्स सङ्घको ३५औँ साधारणसभामा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुमै सोचेअनुरुप रेमिट्यान्स नआउनु, आयात बढेर बाह्य क्षेत्रमा दबाब परेको र सरकारी खर्च बेलैमा नहुँदा तरलतामा चाप परेको बताएका हुन् ।

उनले अर्थतन्त्रको पुनःरूत्थान चाँडो हुन ऋण विस्तार सहयोगी भएकाले पनि अभाव भएको उल्लेख गर्दै संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गरे । उनले नाफा मात्र खोज्ने प्रवृत्ति हुँदा ऋण विस्तार भएको भन्दै बैंकरमा अनुशासन कायम हुन जरुरी भएको बताए ।

उनले कोभिडको असहज अवस्थामा पनि बैंकले अर्थतन्त्र र वित्तीय क्षेत्र जोगाउन महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । अर्थविद् डा शङ्कर शर्माले बैंकिङ क्षेत्र संवेदनशील क्षेत्र भएकाले यसको व्यवस्थापन र सञ्चालनमा विशेष ध्यान दिन आग्रह गरे ।

उनले वाणिज्य बैंकको सेवालाई प्रतिस्पर्धी र प्रविधिमैत्री बनाएर उपभोक्ताको सेवालाई सहज बनाउन अनुरोध गरे । सङ्घका निवर्तमान अध्यक्ष भुवन दाहाल र वर्तमान अध्यक्ष अनिल उपाध्ययायले बैंकमा २० प्रतिशतभन्दा बढी सम्पत्ति रिजर्भ रहेकाले अहिले नै तरलता अभावमा अत्तिनुपर्ने अवस्था नभएको बताए ।

बैंकर्स सङ्घको अध्यक्षमा अनिल उपाध्याय चयन

नेपाल बैंकर्स सङ्घको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत रुपमा चयन भएका छन् । सङ्घको ३५औँ साधारणसभामार्फत मंगलबार नयाँ कार्यसमिति औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

उपाध्याय कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) हुन् । सानिमा विकास बैंकका सिइओ भुवनकुमार दाहाल निवर्तमान अध्यक्ष भएका छन् । सङ्घको उपाध्यक्षमा एनएमबी बैंकका सिइओ सुनिक केसी सर्वसम्मतरुपमा चयन भएका छन् ।

सङ्घको सदस्यमा लक्ष्मी बैंकका सिइओ अजय विक्रम शाह, मेघा बैंकका सिइओ अनुफमा खुञ्जेली, नेपाल एसबीआई बैंकका सिइओ दीपककुमार देव, नेपाल बैंक लिमिटेडका सिइओ कृष्ण अधिकारी, एनआइसी एसियाका सिइओ रोशन न्यौपाने, माछापुच्छ्र्रे बैंकका सिइओ सन्तोष कोइराला र सनाइज बैंकका सिइओ सुमन शर्मा चयन भएका छन् । सल्लाहकारमा अनिल केशरी शाह, अशोक शमशेर राणा र ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत