नेप्सेमा उच्च अङ्कको गिरावट



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ७९.७९ अङ्कले घटेर दुई हजार ७४९.८५ मा ओर्लेको छ । दीपावलीको बिदापछि खुलेको बजार लगातार ओरालो लागेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.०२ अङ्कले घटेर ५१२.०२ मा ओर्लेको छ । नेप्से परिसूचक उच्च अङ्कले घटेपनि कारोबार रकम औसतमा रहेको छ । कूल २२५ कम्पनीको एक करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर रु छ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ वटै उपसमूहको शेयरमा पहिरो गएको छ । नेप्सेका अनुसार बैंकिङ ३५.९४, व्यापार ६४.६६, होटल तथा पर्यटन ११७.६२, विकास बैंक २९७.१५, जलविद्युत् १०१.८४, वित्त १४४.६७, निर्जीवन बीमा ४६४.४९, उतपादन १८६.६, अन्य ८०.७५, लघुवित्त १५७.३१, जीवन बीमा ३७९.८३, सामूहिक लगानी कोष ०.३४ र लगानी २.५४ अङ्कले घटेको छ ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २९ करोड ८२ लाख ८१ हजार ७५२ कारोबार भयो । साहस ऊर्जा २५ करोड ७९ लाख ५४ हजार ४१७, अपि पावर कम्पनी २२ करोड ३६ लाख ६४ हजार, नेशनल हाइड्रोपावर २० करोड ९४ लाख ८७ हजार ४३१ र प्राइम बैंक २० करोड ८९ लाख ६६ हजार ७३७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावरको शेयर ९.९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, युनिलिभर नेपाल १.७३ र प्राइम बैंकका लगानीकर्ताले १.५७ प्रतिशतले कमाए ।

यसैगरी, आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो । मिथिला लघुवित्त ७.४२, गुडविल फाइनान्स ६.८५ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ६.८३ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक गतिविधिमा आएको समस्याका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमाः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अर्थमन्त्रीसँग मुख्यमन्त्री कँडलको माग

  काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ