सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने



काठमाडौं । सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ । बैंक सञ्चालक समितिको सोमबारको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । त्यस्तै प्राइम बैंकले आफना शेयरधनीलाई १६.६३ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रतिशेयर उक्त परिमाणमा लाभांश दिने प्रस्ताव गरेको छ । बैंकका कम्पनी सचिव राजकुमार कार्कीका अनुसार प्रस्तावित लाभांशमध्ये १६ प्रतिशतका दरले लाभांश शेयर उपलब्ध गराइने छ भने ०.६३ प्रतिशत भने कर प्रयोजनका लागि उपलब्ध गराइनेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत र बैंकको साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ । बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको कम्पनी सचिव कार्कीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरीको जागिर छाडेर गाईपालन, दैनिक १५० लिटर दूध बिक्री

दाङ । तुलसीपुर उपमहानगरपालिका –६ गोलौराका ४७ वर्षीय चन्द्रबहादुर डाँगी सफल गाईपालक किसानका

एमसीसीको चार सय केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डियालाई

काठमाडौँ । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभी नयाँ

बजेटमा सुधारात्मक र रुपान्तरणकारी योजना तथा कार्यक्रम ल्याइने

  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर नीति ल्याउनेभन्दा

पारदर्शीता र सुशासन एक अर्काका पुरक : राष्ट्रपति

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताएका