सुनको मूल्य तोलामा ४ सय रुपैयाँले वृद्धि


काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँँ दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ हुनेछ जसको मूल्य शुक्रबार प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।